ताजा समाचार


अफगानिस्तानमा महिलाहरुलाई कामका लागि घर बाहिर ननिस्कन तालिबानको निर्देशन

द रियल समाचार     २०७८ भाद्र ९, बुधबार, १६: १० मा प्रकाशित




एजेन्सी । अफगानिस्तानमा विभिन्न पेशा र व्यवसायमा आबद्ध रहेका महिलाहरुलाई तालिबानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

तालिबानका प्रवक्ता जबीहुल्लाहले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चित नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घले हालै अफगानिस्तानको पछिल्लो स्थितिको विश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालिबानको तर्फबाट यस्तो निर्देशन आएको हो ।

राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु आधारभूत रातो घेरा भित्र रहेको दाबी गरेका थिए ।

तालिबान प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् ।

अफगानिस्तानमा कोही पनि असुरक्षित नरहेको भन्दै उनले अमेरिकाले उद्धार कार्य तत्काल बन्द गर्न पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top