काठमाण्डौ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा नेता झलनाथ खनालको पनि सनाखत भएको छ ।
नेता मेटमणि चौधरीले भारतमा उपचार गराइरहेका आफ्ना पार्टीका नेता खनालको पनि सनाखत भएको बताएका छन् ।
निर्वाचन आयोगले आज बिहान १० बजेदेखि २ बजेसम्म आयोगमै आएर सनाखत गर्नका लागि भनेको थियो । तर, नेता खनाल भने केही दिनदेखि स्वास्थ्य उपचारका लागि भारतमा छन् । उनले निर्वाचन आयोगलाई सनाखतका लागि दिल्लीबाटै पत्र पठाएका थिए ।
सनाखतका लागि आयोगमा हस्ताक्षर गर्नुपर्ने प्रावधान भएकाले उनको हुने वा नहुने भन्ने अन्यौल थियो । यसअघि कतैपनि नदेखिएका नेता प्रदीप नेपाल पनि अस्वस्थ हुँदाहुँदै आयोग पुगेर सनाखतका लागि हस्ताक्षर गरेका थिए ।
खनालसहित ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसद नेपाल पक्षमा खुलेका छन् ।
प्रतिक्रिया