काठमाण्डौ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणि चौधरीले सम्भव भएसम्म भोलि वा पर्सीसम्ममै आफूहरू सरकारमा सहभागी हुने बताएका छन् ।
निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता चौधरीले आफूहरूलाई आजै पार्टीको प्रमाणपत्र दिइने पनि बताए । साथै, आफ्नो पार्टीबाट ७ जना सरकारमा सहभागी हुने पनि उनले खुलाए ।
उनले भने,‘निर्वाचन आयोगले हामीलाई आज प्रमाणपत्र दिन्छ । त्यसपछि सरकारका लागि ढोका पुरै खुल्छ । बाटो खुल्छ । सम्भव भएसम्म भोलि पर्सीभित्रै हामी सरकारमा जान्छौँ ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन डुबाउन खोजेको भन्दै आफूहरूले उकास्न लागेको पनि बताए । साथै, एमाले एकताको पक्षमा लागेका १० जना नेताहरू आफूहरूतिरै आउने उनले दाबी गरे ।
नेपाली राजनीतिमा अब केपी ओलीसँग कुनै सहकार्य नहुने समेत उनले घोषणा गरे ।
प्रतिक्रिया