काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।
यसअघि स्वास्थ्य कार्यालय काठमाण्डौले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा परेकोले कार्यतालिका केही हेरफेर गरिएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए ।
भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उनले बताए ।
प्रतिक्रिया