ताजा समाचार


नेपाली सेनामा ५७ हजारले लगाए कोरोनाविरुद्धको खोपको दुबै डोज

द रियल समाचार     २०७८ भाद्र ९, बुधबार, १४: ०२ मा प्रकाशित




काठमाण्डौ । नेपाली सेनामा अहिलेसम्म ५७ हजार जनाले कोरोनाविरुद्धको खोपको दुबै डोज लगाइसकेका छन् ।

खोपको पहिलो डोज मात्र लगाउने सेनाको संख्या ७१ हजार रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएको नेपाली सेनाका ६ हजार ९८० जनालाई हालसम्म कोरोना संक्रमण भइसकेको छ । हाल सेनामा सक्रिय संक्रमितको संख्या १३८ रहेको छ ।

कोरोना संक्रमण भएका नेपाली सेनाका जवानहरूमध्ये ६ हजार ८ सय ३२ जना निको भइसकेका छन् । हालसम्म कोरोना संक्रमणका कारण १० जना नेपाली सेनाको मृत्यु भएको प्रवक्ता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top