काठमाण्डौ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्य मध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ ।
निर्वाचन आयोगले तोकेको समयसिमा अनुसार बुधवार आयोग गएका मध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण हुन नसकेको बताइएको छ ।
आयोगमा गत साता बुझाएको सुचीमा हस्ताक्षर गरेका नेताहरु मध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले भने आयोगमा अनुपस्थित भएका थिए ।
नेकपा एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेपनि बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलगायतको हस्ताक्षर भने प्रमाणीकरण हुन सकेको छैन ।
सुरुको सुचीमा हस्ताक्षर नगरेका कारण उनीहरुले हस्ताक्षर गर्न नपाएको जनाइएको छ ।
प्रतिक्रिया