ताजा समाचार


धनुषामा टिपरले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु

द रियल समाचार     २०७८ भाद्र ९, बुधबार, १२: ४९ मा प्रकाशित




जनकपुरधाम । धनुषामा टिपरले किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा विदेह नगरपालिका–७ बस्ने ५५ वर्षीया रामप्यारी देवी मण्डल रहेको प्रहरीले जनाएको छ ।

विदेहनगरपालिका–६ तीनकौरिया चोकमा ना २ क ८३७ नम्बरको टिपरले किचिएर उनको घटनास्थलमै मृत्यु भएको तनकौरिया प्रहरी चौकीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र टिपरलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको मानसिक अवस्था ठीक नरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top