काठमाण्डौ । इन्जिनियरिङ्ग कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिइएको छ ।
कक्षा १२ को परीक्षा र इन्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको बैठकले इन्जिनियरिङ्ग कलेजहरुलाई अतिरिक्त शुल्क, विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको हो ।
समिति सभापति जयपुरी घर्तीले कलेज बन्द भएको अवस्थामा कलेजले विदाइ, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकका शुल्क लिनु वैज्ञानिक नभएकोले उक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएकी हुन् ।
शुल्क बढी लिएको भन्दै त्रिवि सम्बन्धन प्राप्त उपत्यकाका १० इन्जिनियरिङ्ग कलेजका विद्यार्थी आन्दोलित छन् ।
प्रतिक्रिया