ताजा समाचार


पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि विरूद्ध जनकपुरमा विरोध प्रदर्शन

द रियल समाचार     २०७८ भाद्र ८, मंगलवार, १३: ५२ मा प्रकाशित




जनकपुरधाम । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । युवा संघका कार्यकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध प्रदर्शन गरेका हुन् ।

आज विहान जनकपुरधामको शिवचोकमा युवा संघका कार्यकर्ताहरुले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि विरूद्ध टायर बालेर विरोध जनाएका छन् ।

उनीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारविरुद्ध नाराबाजी गर्दै मुल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

संघका केन्द्रीय सदस्य जानी खान मधेशीले कोरोना महामारीको विकट समयमा जनतालाई सहुलियत दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मुल्य बढाएर जनतामाथि थप आर्थिक भार थपेकोले आन्दोलन गर्नुपरेको बताए ।

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top