काठमाण्डौ । कक्षा १२ को परीक्षा भौतिक रूपमै सञ्चालन गराउन संसदीय समितिले निर्देशन दिएको छ ।
मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
समिति सभापति जयपुरी घर्तीले शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि कोरोना विरुद्धको खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।
जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक रूपमै परीक्षा गर्नुपर्नेमा पदाधिकारीहरूले जोड दिएपछि यस्तो निर्णय गरिएको घर्तीले बताइन् ।
गत साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा कोरोना संक्रमण दर बढेको भन्दै स्थगित गरिएको थियो ।
प्रतिक्रिया