ताजा समाचार


काँग्रेसका संस्थापन पक्षइतरका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा दिए धर्ना

द रियल समाचार     २०७८ भाद्र ८, मंगलवार, १३: २५ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका संस्थापन पक्षइतरका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

पार्टीको क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै जिल्ला सभापतिहरूले बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

विधिसम्मत तरिकाले क्रियाशील सदस्यताको त्रुटि सच्याउन दिएको समय सकिएकाले सार्वजनिक गर्न मागसहित धर्ना दिइएको सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले जानकारी दिए ।

लामाले क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने आफूहरुको मुख्य माग रहेको बताए । उनले आज काठमाडौंमा उपलब्ध सभापतिहरु धर्नामा सहभागी रहेको जानकारी दिए ।

आजको धर्नाको नेतृत्व काठमाडौं जिल्ला सभापति सबुज बानियाँले गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top