ताजा समाचार


प्रस्तावित एकीकृत समाजवादी पार्टीको विधान सार्वजनिक

द रियल समाचार     २०७८ भाद्र ८, मंगलवार, १३: १९ मा प्रकाशित




काठमाण्डौ । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीले विधान सार्वजनिक गरेको छ ।

विधानअनुसार यो पार्टीमा केन्द्रीय सदस्यको संख्या १५१ जना हुने बताइएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष एक जना, वरिष्ठ नेता १ जना, उपाध्यक्ष ७ जना, महासचिव १ जना, उपमहासचिव २ जना, सचिव ७ जना हुने छन् ।

पदाधिकारीको संख्या १७ जनाको बनाउन लागेको यो पार्टीमा ३६ जना वैकल्पिक सदस्य हुनेछन् ।

पार्टीको विधानमा एक तिहाई सदस्य महिला हुने पनि उल्लेख गरिएको छ । ५१ सदस्यीय पोलिटब्युरो र २१ सदस्यीय स्थायी कमिटी पनि गठन गरिने नेपालको नयाँ पार्टीको प्रस्तावित विधानमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top