ताजा समाचार


धनुषामा एक युवकले गरे बुवा र श्रीमतिको हत्या, हत्या आरोपमा युवक पक्राउ

द रियल समाचार     २०७८ भाद्र ८, मंगलवार, १३: ०० मा प्रकाशित




जनकपुरधाम । धनुषामा ससुरा र बुहारीको हत्या गरिएको छ ।

जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर–५, साविक मिथिलेश्वर निकास गाविस वडा नम्बर–८ ललियामा ससुरा र बुहारीको हत्या गरी दुबैजनाको शव सँगै गाडिएको अवस्थामा फेला परेको हो ।

हत्या गरिएका शवहरु चेता भन्ने ५५ वर्षीय रामवृक्ष मण्डल र उनको बुहारी २१ वर्षीया अमृता मण्डलको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र वस्नेतले जानकारी दिए । मृतक महिला भागेश्वर मण्डलकी श्रीमती हुन् । प्रहरीका अनुसार अहिले शव उत्खननको कार्य भईरहेको छ ।

मृतक दुवै जना वेपत्ता रहेको गाउँलेहरुले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा फेला परेको डीएसपी वस्नेतले बताए ।प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई पक्राउ गरिएको वस्नेतले जानकारी दिए ।मण्डलले आफ्नै बुबा र श्रीमतीलाई हत्या गरेर शव गाडेको आशंका गरिएको छ ।

मृतक दुबैजनाको टाउकोमा गहिरो चोट देखिएकाले भाटा प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीयका अनुसार भागेश्वर एकवर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आएका थिए । जसका कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आईरहेको थियो ।

सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । भागेश्वरका दुई छोराछोरी छन् ।
महोत्तरीको भम्ररपुरामा भएको सुजिता हत्याको घटना सेलाउन नपाउँदै धनुषामा समेत हत्याको घटना सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top