ताजा समाचार


महावीर युवा कमिटीको अध्यक्षमा विकासको चौतर्फि चर्चा

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १९: २९ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित महावीर युवा कमिटीको यही भदौ १२ गते शनिबारका दिन हुन लागेको निर्वाचनमा विकास चौधरी अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

निर्वाचन हुन पाँच दिन बाँकी रहेको समयमा ४ जना प्रत्यासी उम्मेदवारहरु अध्यक्ष पदमा देखिएका छन् । अध्यक्षका प्रत्यासीहरु अजय कुमार गुप्ता, बलराम साह, प्रदिप भगत र विकास चौधरी छन् । चारै जना अहिले आ–आफ्नो प्रचारप्रसारमा व्यस्त देखिएका छन् ।

अध्यक्षका प्रत्यासी चौधरीले आफू अध्यक्षमा निर्वाचित भएपछि यहाँका युवाहरुको हकहितका लागि काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कमिटीको नेतृत्व तहमा पुगेर आफू यहाँका सम्पूर्ण युवाहरुको हकहितका लागि दिनरात मिहनेत गर्ने बताउँदै सबै मतदाताले आफूलाई साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

युवाहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै कमिटीको चौतर्फि विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने विकासको प्रतिबद्धता छ । आफू विजयी भए कमिटी भित्रका तथा बाहिरका युवालगायत सामाजिक समस्या समाधान गर्न कुनैपनि कसर बाँकी नराख्ने उनको दावी छ । उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला । नेतृत्व तहमा पुगेपछि सबैको हकहितका लागि निरन्तर मिहनेत गर्नेछु ।’

विकासले भने,‘जनकपुरधाममा महावीर युवा कमिटीको भूमिका अतुलनीय छ । हरेक पदको नेतृत्व गर्ने जिम्मेवारी पनि अहम रहन्छ । म यहाँहरु बिच कमिटीको नेतृत्व तहमा पुगेपछि यस क्षेत्रका युवाहरुको प्रत्यक्ष लाभका साथै सबैको साथ सबैको विश्वासका साथ हरेक क्षेत्रमा विकास र समग्रमा सामाजिक विकास सँगै कमिटीको तमाम समस्या, चुनौती र अवसरहरुको सकारात्मक रूपान्तरणका लागि पूर्ण रुपले तयार छु ।’

उनले सम्पूर्ण मतदातासँग आशीर्वचन स्वरूप आ–आफ्नो अमूल्य मत दिई आफूलाई निर्वाचित गर्न सविनय निवेदन समेत गरेका छन् । उनले आफू सदैव समाजको भावना अनुरूप सकारात्मक परिवर्तनका लागि प्रस्तुत हुने वचनबद्धता जनाएका छन् ।

सरल स्वभाव, दुरदर्शी र अडिक व्यक्तित्वका धनी भएका कारण विकास कमिटीको हकहितको पक्षमा जुनसुकै निकायका पक्षसँग डटेर लड्ने क्षमता राख्छन् । कमिटीको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका चौधरीले पछिल्लो समय निकै चर्चा बटुलेका छन् ।

जनकपुरधामस्थित महावीर युवा कमिटीमा ४ सय २८ जना सदस्यहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top