ताजा समाचार


अमेरिकालाई ३१ अगस्टसम्म अफगानिस्तान खाली गर्न तालिबानको चेतावनी

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १८: ५८ मा प्रकाशित




एजेन्सी । तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने जनाएको छ ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको बताएका छन् ।

उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिनेछ ।’

उनले यो दिशामा कुनै परिवर्तन भएको खण्डमा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन मंगलबार गु्रप–सेभेन देशको बैठकमा राष्ट्रपति बाइडेनसँग काबुलमा थप समय बस्नका लागि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top