ताजा समाचार


केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ: महत

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १८: ४२ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले सबै पार्टी मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाइ भएको बताए ।

उनले कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए ।

पार्टीको महाधिवेशन भन्दा आम निर्वाचन महत्वपूर्ण हुने भन्दै सहमहामन्त्री महतले अधिवेशन भनेको तात्कालिक पार्टीको बाँडफाँट विधिसम्मत तरिकाबाट गर्ने तरिका मात्रै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top