ताजा समाचार


भाजपाका विदेश विभाग चौथाइवाले र प्रचण्डबिच भेटवार्ता

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १८: ३८ मा प्रकाशित




काठमाण्डौ । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबिच अध्यक्ष प्रचण्डको निवास खुमल्टारमा भेटघाट भएको हो । चौथाइवालेले अध्यक्ष प्रचण्डसँग नेपाल र भारतसँगको सम्बन्ध विस्तारका साथै अन्य विषयमा पनि खुलेर छलफल भएको ट्वीटमार्फत जानकारी दिएका छन् ।

आइतबार नै काठमाडौं आइपुगेका उनले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग वालुवाटारमा भेटघाट गरेका थिए । साथै आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका थिए ।

केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top