एजेन्सी । पछिल्लो समय तालिबान समूहले कब्जामा लिएको काबुलमा अब दैनिकजसो गोलीबारीका घटनाहरु घट्न थालेका छन् ।
यही क्रममा अफगानिस्तानको काबुल विमानस्थलमा अज्ञात बन्दुकधारीहरुले गोली चलाएका छन् । गोली लागेर अफगान सैनिकको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार अफगान सुरक्षा बल र पश्चिमी देशका सेनाले अज्ञात बन्दुकधारीविरुद्ध पनि गोली चलाएका थिए ।समाचार एजेन्सी रोयर्टसका अनुसार जर्मन सेनाका एक अधिकारीले त्यहाँ अफगानी सेनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
घटनामा तीन जना घाइते भएका छन् । अफगानिस्तानको काबुल विमानस्थलमा देश छोड्न चाहेका हजारौँ अफगानीहरु जम्मा भएका छन् । गोलीबारीको यो घटना त्यही भीडमा भएको थियो ।
आज विहानको यो घटनामा जर्मन सेना र अमेरिकी सेनाले जवाफी कारवाही गरेको बताइएको छ ।
प्रतिक्रिया