ताजा समाचार


निषेधाज्ञा उल्लंघन गर्ने ७७ जनालाई कारबाही

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १८: १६ मा प्रकाशित




काठमाण्डौ । स्थानीय प्रशासनले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ७७ जनालाई कारबाही गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हो ।

उनीहरुबाट १९ हजार ३ सय रुपैयाँ जरिवाना उठाइएको नेपाल प्रहरीले जनाएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ४ जनालाई रोकी सम्झाइबुझाइ छाडिएको छ ।

देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ९२ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत १२ हजार ८ सय ५४ जनालाई सचेत गराइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top