ताजा समाचार


जापानले अनुदानमा दिएको खोप काठमाडौं ल्याइयो

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १७: ४६ मा प्रकाशित




काठमाण्डौ । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौं आइपुगेको छ ।

काठमाडौंस्थित जापानी दूतावासले खोपको दोस्रो खेप सोमबार त्रिभुवन विमानस्थालमा आइपुगेको जानकारी दिएको छ । जापानी दूतावासका अधिकारीहरुले खोप स्थास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।

जापानले नेपाललाई अस्ट्राजेनेका खोप अनुदान सहयोग गरेको हो । जापानले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने प्रतिवद्धता जनाएको थियो । सो अनुसार पहिलो खेप यसअघि नै आइसकेको छ । र सो खोप यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइएको छ ।

सोमबार आइपुगेको ५ लाख ५९ हजार ३६० डोज खोप पनि कोभिशिल्डको दोस्रो डोज पर्खेकाहरुलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब प्रदेश नम्बर १ र २ मा यो खोप लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top