ताजा समाचार


महावीर युवा कमिटीको निर्वाचन, कोषाध्यक्षमा विकासको चर्चा

द रियल समाचार     २०७८ भाद्र ७, सोमबार, १६: ४१ मा प्रकाशित




जनकपुरधाम । यहि भदौ १२ गते हुन लागेको जनकपुरधामस्थित महावीर युवा कमिटीको निर्वाचनमा विकास कुमार राय कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रेका छन् ।

आरती लाइट एण्ड साउण्डका सञ्चालक समेत रहेका रायले आफू कोषाध्यक्ष पदमा निर्वाचित भएपछि यहाँका युवाहरुको हकहितका लागि काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कमिटीको नेतृत्व तहमा पुगेर आफू यहाँका सम्पूर्ण युवाहरुको हकहितका लागि दिनरात मिहनेत गर्ने बताउँदै सबै मतदाताले आफूलाई साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

युवाहरुको हकहितको संरक्षण तथा सम्बर्द्धन गर्दै कमिटीको आर्थिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने विकासको प्रतिबद्धता छ । आफू विजयी भए कमिटी भित्रका तथा बाहिरका युवालगायत सामाजिक समस्या समाधान गर्न कुनैपनि कसर बाँकी नराख्ने उनको दावी छ । उनले भने,’मेरा प्रतिबद्धताहरु पुरा गराउन कृपया मलाई भारी बहुमतले विजयी बनाउनुहोला । नेतृत्व तहमा पुगेपछि सबैको हकहितका लागि निरन्तर मिहनेत गर्नेछु ।’

विकासले भने,‘जनकपुरधाममा महावीर युवा कमिटीको भूमिका अतुलनीय छ । हरेक पदको नेतृत्व गर्ने जिम्मेवारी पनि अहम रहन्छ । म यहाँहरु बिच कमिटीको नेतृत्व तहमा पुगेपछि यस क्षेत्रका युवाहरुको प्रत्यक्ष लाभका साथै सबैको साथ सबैको विश्वासका साथ हरेक क्षेत्रमा विकास र समग्रमा सामाजिक विकास सँगै कमिटीको तमाम समस्या, चुनौती र अवसरहरुको सकारात्मक रूपान्तरणका लागि पूर्ण रुपले तयार छु ।’

उनले सम्पूर्ण मतदातासँग आशीर्वचन स्वरूप आ–आफ्नो अमूल्य मत दिई आफूलाई निर्वाचित गर्न सविनय निवेदन समेत गरेका छन् । उनले आफू सदैव समाजको भावना अनुरूप सकारात्मक परिवर्तनका लागि प्रस्तुत हुने वचनबद्धता जनाएका छन् । भदौ १२ गते शनिबारका दिन हुन लागेको निर्वाचनमा रायले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

सरल स्वभाव, दुरदर्शी र अडिक व्यक्तित्वका धनी भएका कारण विकास कमिटीको हकहितको पक्षमा जुनसुकै निकायका पक्षसँग डटेर लड्ने क्षमता राख्छन् । कमिटीको कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका विकासले पछिल्लो समय निकै चर्चा बटुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top