एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी र अफगान सहयोगीलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।
काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको उनको भनाइ छ । उनले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनभित्र उद्धार कार्य सम्पन्न गर्ने पनि बताए ।
ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले यसलाई ‘इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धार’ भनेका छन् । उनले अहिलेसम्म १३ हजार अमेरिकीको उद्धार गरिसकिएको जानकारी दिए । उनले भने, ‘घर फर्किन इच्छुक कुनै पनि अमेरिकीलाई हामी घरमा ल्याइपु¥याउँछौं ।’
अमेरिकी नागरिकको उद्धार ‘प्राथमिकता’ रहेको भन्दै उनले अमेरिकी सेनालाई सहयोग गर्ने ५० हजार देखि ६५ हजार जना अफगान सहयोगीलाई पनि त्यहाँबाट अन्यत्र लगिने बताए ।
प्रतिक्रिया