काठमाण्डौ । कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौंको प्रश्नपत्र अलपत्र परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो ।
जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छापेको थियो । उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ ।
प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोनाका कारण कक्षा १० को परीक्षा रद्द गरेको थियो ।
परीक्षा रद्द गर्दै विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि करोडौं रुपैयाँको प्रश्नपत्र अलपत्र परेको हो ।
प्रतिक्रिया