ताजा समाचार


नयाँ सरकार गठनका लागि तालिबान नेता अब्दुल गनी पुगे काबुल

द रियल समाचार     २०७८ भाद्र ५, शनिबार, १८: १६ मा प्रकाशित




एजेन्सी । तालिबान नेता मुल्ला अब्दुल गनी बरादर अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।

उनी अफगानिस्तानमा नयाँ सरकार गठनका लागि काबुल पुगेका हुन् । काबुलमा उनले तालिबानका अन्य नेता र सदस्यसँग कुराकानी गर्नेछन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मुल्ला अब्दुलले समावेशी सरकार स्थापनाका लागि काबुलमा जिहादी नेता र अन्य मानिससँग भेटवार्ता गर्नेछन् । सन् २०१० मा पाकिस्तानमा गिरफ्तार भएका मुल्लालाई २०१८ मा कतार पठाइएको थियो।

मुल्ला गत मंगलबार कतारबाट अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पुगेका थिए । कन्दाहारलाई तालिबानको जन्मभूमि मान्ने गरिन्छ । तालिबानले काबुलमा कब्जा गरेको केही घण्टामै यस पटक फरक शासन हुने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top