ताजा समाचार


पाकिस्तानको बलुचिस्तानमा बम विष्फोट, दुई बालकको मृत्यु

द रियल समाचार     २०७८ भाद्र ५, शनिबार, १८: १२ मा प्रकाशित




एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर सहरमा बम विष्फोट हुँदा दुई बालकको मृत्यु भएको छ ।

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना चिनियाँ नागरिक रहेका छन् । बम विष्फोट शुक्रबार साँझ ७ बजेतिर भएको थियो । चिनी इन्जिनियर र कर्मचारीलाई लक्षित गरी विष्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयले आत्मघाती हमला भएको जनाएको छ । पाकिस्तानमा चिनियाँहरूमाथि हमला भएको यो पहिलो घटना भने होइन । यसभन्दा पहिला पख्तुनख्वा प्रान्तमा भएको बस दुर्घटनामा परी ९ चिनियाँ नागरिकको ज्यान गएको थियो ।

चीनले उक्त दुर्घटना बमको कारणले भएको बताएको थियो । यता पाकिस्तानले भने ग्यास लिक भएका कारणले दुर्घटना भएको जिकिर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top