काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ । टिममा १७ जना खेलाडी रहेका छन् । टिमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्ने बताइएको छ ।
बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् । बन्द प्रशिक्षणमा रहेका कमल सिंह ऐरी र शाहब आलम भने टिममा पर्न सकेका छैनन् ।
सिरिजका लागि टिम मंगलबार ओमान प्रस्थान गर्नेछ । त्रिकोणात्मक सिरिजभन्दा अगाडि नेपालले पपुवा न्युगिनी(पिएनजी)सँग दुई एकदिवसीय खेल खेल्ने क्यानले जनाएको छ ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहित कुमार रहेका छन् ।
प्रतिक्रिया