ताजा समाचार


सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र अध्यक्ष प्रचण्डबिच भेटवार्ता

द रियल समाचार     २०७८ भाद्र ५, शनिबार, १७: ५३ मा प्रकाशित




काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । मुख्यमन्त्री भट्टले शनिबार प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तनको चर्चाका बीच मुख्यमन्त्री भट्ट र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रचण्डलाई भेटेका हुन् । भेटमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको बताइएको छ ।

भेटमा तत्काल सरकार परिवर्तन नगर्ने बरु केन्द्रीय गठबन्धनअनुसार अन्य पार्टीलाई पनि सरकारमा सहभागी गराएर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ । प्रचण्डले तत्कालका लागि सरकारमा कुनै फेरबदल नहुने, संघीय मन्त्रिमण्डल विस्तारपछि सरकारबारे निर्णय गर्ने आश्वासन दिएको बुझिएको छ ।

कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । ५२ मध्ये तत्कालीन नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुईजना छन् । एमालेभित्र पनि माधव समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top