हेटौंडा । बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ रहेको बताएकी छन् ।
एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूलाई मुख्यमन्त्रीमा दुवै नेताले साथ दिएको बताइन् ।
आफूले नेता नेपाललाई धोका नदिएको उनले दोहोर्याइन् । बाहिर गलत सन्देश प्रवाह भएको दाबी गर्दै पार्टी एकतालाई कमजोर बनाउन अफवाह फैलाइएको जिकिर समेत गरिन् ।
मुख्यमन्त्री शाक्यले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको बताइन् । आफू पार्टी एकताको पक्षमा रहेको उनले बताउँदै उनले सिंगो एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने दाबी गरिन् ।
प्रतिक्रिया