ताजा समाचार


प्रदेश २ सरकारको सवारी मोह : बर्षेनी मनपरी रुपमा सवारीसाधन खरिद

द रियल समाचार     २०७८ भाद्र ५, शनिबार, १७: ३२ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारले करोडौं मूल्य बराबरको सवारीसाधन मनपरी रुपमा खरिद गरेको देखिएको छ । प्रदेश सरकारले महालेखाको निर्देशनलाई समेत अटेर गर्दै महगा चिल्ला गाडी खरिदलाई निरन्तरता दिएको पाइएको छ ।

महालेखा परिक्षकले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा सरकारलाई सवारीसाधन खरिदमा खर्च गरिने रकम घटाउन भनिएको छ । हरेक वर्ष महालेखाले यस्तो निर्देशन दिने गरेपनि त्यसको अटेर गरेको पाईन्छ ।

प्रतिवदेनमा प्रदेशसभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, नीति आयोग तथा मुख्य न्यायाधिवक्ताको कार्यालयले गत वर्ष ३५ वटा सवारी साधन तथा मोटरसाईकल खरिद गरी २८ करोड ९८ लाख २५ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा मात्र प्रदेशसभा सचिवालयले १३, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ र मुख्य न्यायाधिवक्ताको कार्यालयले १ समेत गरी १५ वटा सवारी साधन खरिद गरी ९ करोड ६० लाख ८५ हजार रुपैयाँ खर्चेको छ ।

महालेखाले सवारी साधन खरिदमा नियन्त्रण गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top