ताजा समाचार


तलब माग्दै पूर्व कर्मचारीले प्रधानाध्यापकलाई चप्पल हिर्काए

द रियल समाचार     २०७८ भाद्र ५, शनिबार, १७: २२ मा प्रकाशित




जनकपुरधाम । आफ्नो तलब नदिएको भन्दै धनुषाको बटेश्वर गाउँपालिकास्थित एक सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालयकै पूर्व सह–लेखापालले चप्पल हिर्काएकी छन् ।

बटेश्वर गाउँपालिका वडा नम्बर–२ भूचक्रपुर स्थित श्री जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजकुमार राउतमाथि पूर्व सह–लेखापाल रञ्जिता कुमारी महतोले चप्पल हिर्काएकी हुन् ।

प्रधानाध्यापक राउत विद्यालय पुग्नेवित्तिकै महतोले उनीसँग आफ्नो बाँकीबक्यौता तलब माग्ने क्रममा दुबैजनाबिच सामान्य भनाभन भएको थियो । महतोले आफुलाई तुरुन्तै चेक दिन राउतलाई भनेपछि दुबैजनाबिच सामान्य विवाद भयो । त्यस क्रममा रञ्जिताले कोठामा थुनेर राउतलाई चप्पलले कुटपिट गरेको बताइएको छ । घटना गत भदौ १ गते बिहान १० बजेको रहेको जनाइएको छ ।

महतोका श्रीमान जितन महतोले सो विद्यालयमा आफ्नो पत्नी दुई वर्षसम्म काम गरेको बताए । उनले भने,‘उच्च अदालत जनकपुरले ५ महिना अघि नै रञ्जिताको सबै तलब उपलब्ध गराउन विद्यालयलाई परमादेश गरेको थियो । तर, प्रधानाध्यापक राउतले अदालतको आदेशलाई अटेर गर्दै उल्टै विवाद गरिरहेका छन् ।’

यता प्रअ राउतले आफु भर्खर विद्यालय पुगेको बेला महतोले आफुलाई कोठामा थुनेर चप्पल प्रहार गरी कुटपिट तथा दुव्र्यवहार गरेको गुनासो गरे । उनले भने, ‘म भर्खरै विद्यालय पुगेको थिएँ । उनी एक्कासी आएर मेरो तलब दिनुस् भनिन् । मैले आदलतले आदेश गरेको एकवर्षको तलब दिन्छु् भनेपछि विवाद गरेर चप्पलले हिर्काउन थालिन् । दुव्र्यहार गरिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top