ताजा समाचार


भारतमा कोरोना संक्रमणबाट एक दिनमा ५४० जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १८: ५१ मा प्रकाशित




एजेन्सी । भारतमा कोरोनाका थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार ५ सय ७१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या ३ लाख ६३ हजार ६ सय ५ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको यो सङ्ख्या गत १ सय ५० दिन पछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १.१२ प्रतिशत रहेको छ ।भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या ३ करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये ३६ हजार ५ सय ५५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये भारतमा मात्रै अहिलेसम्म ४ लाख ३३ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा ५ सय ४० जनाको मृत्यु भएको हो ।

अहिले भारतमा सङ्क्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । अधिकारीहरुका अनुसार अहिले ९७.५४ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या २०२० को मार्च पछिकै सबैभन्दा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top