ताजा समाचार


सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने रकम ६ खर्ब ७६ अर्ब ४१ करोड पुग्यो

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १७: ०५ मा प्रकाशित




काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।

महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार बेरुजु रकम ५३ करोडले बढेको हो । आर्थिक वर्ष २०७५/७६ सम्म बेरुजु रकम ४ अर्ब १८ अर्ब ३२ करोड रहेको थियो ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ सम्म सरकारको बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड पुगेको देखिएको छ । सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको हो ।

आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ४ अर्ब ३८ करोड बेरुजु थप भएको छ भने आर्थिक वर्ष २०७५/७६ सम्मको बेरुजुबाट एक खर्ब ३ अर्ब ८५ करोड घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top