ताजा समाचार


शुक्रबार ३०४२ नयाँ संक्रमित थपिए, २२४४ संक्रमणमुक्त, २६ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १६: ५५ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १ सय २४ एन्टिजेन परीक्षण गर्दा ९ सय ६३ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २ सय ४४ संक्रमणमुक्त भएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६ सय ४७ पुगेको छ । तीमध्ये ६ लाख ९३ हजार ५ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने १० हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९ सय २२ जना होम आइसोलेसनमा र र ३ हजार ३ सय ८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

अहिले देशभर ७ सय १४ जनाको आईसीयू र १ सय ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top