ताजा समाचार


रेल्वेको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १६: २२ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सप्तरी निवासी माधव पक्षका नेता झालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

सरकारले यसअघिका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोधेपछि एकसाता अघि उनले पदबाट राजिनामा दिएका थिए ।

राजिनामा दिएका भट्टराई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top