काठमाण्डौ । देशभर यसवर्ष मनसुन सुरु भएको दुई महिनामा बाढी, पहिरो र भारी वर्षाका कारण ७४ जनाको मृत्यु भएको छ ।
२०७८ जेठ २८ देखि साउन ३२ गतेसम्मको अवधिमा ४५१ बाढी, पहिरो र भारी वर्षाका घटनामा उनीहरुले ज्यान गुमाएका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा ३५ जना बेपत्ता र ९१ जना घाइते भएका छन् ।
मनसुन सुरु भएपछिको दुई महिनाको अवधिमा बाढीमा परी २९, पहिरोमा परी ४० र भारी वर्षाका कारण ५ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । उक्त अवधिमा बाढीमा परी २८ र पहिरोमा परी ७ जना बेपत्ता भएका छन् ।
प्रतिक्रिया