ताजा समाचार


देउवाले माधवसँग मागे सरकारमा सहभागी हुनेहरुको नाम

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १६: ०५ मा प्रकाशित




काठमाण्डौ । माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ ।

नेकपा एमालेबाट छुट्टिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले बिहीबार विहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । यी तीन नेताले बिहीबारको भेटमा सरकारका आगामि कदमबारे छलफल गरेका थिए । नेपाल समूह सरकारमा सहभागी हुने विषयमा पनि यो भेटमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई अब सरकारमा सहभागी हुनेहरुको नाम माग गरेका छन् ।

‘उहाँहरु सरकारमा आउने निश्चित हो, त्यसैले दल दर्ता प्रक्रिया सकिएलगत्तै सरकार विस्तार हुने भएकाले देउवाले नेपालसँग मन्त्रीहरुको नाम माग्नु स्वभाविक हो,’ कांग्रेसका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top