ताजा समाचार


सिरहाबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १५: ४६ मा प्रकाशित




सिरहा । सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा लहान नगरपालिका–२४ मनिकदह बस्ने १८ वर्षीय मनदिप विश्वकर्मा, वडा नम्वर–५ निवासी ५२ वर्षीय रामदेव यादव र सोही ठाउँका २५ वर्षीय दीपेन्द्र यादव रहेका छन् ।

उनीहरुलाई लहान नगरपालिका–५ बाट ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपिरक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top