ताजा समाचार


किशोरीमाथि जबर्जस्ती करणीको घटना सार्वजनिक, एक युवक पक्राउ

द रियल समाचार     २०७८ भाद्र ४, शुक्रबार, १५: २९ मा प्रकाशित




बारा । प्रदेश २ को बारा जिल्लामा एक किशोरीमाथि जबर्जस्ती करणी गरिएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको पचरौतामा नगरपालिका–७ की १४ वर्षीया एक किशोरीसँथ जबर्जस्ती करणी गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय रुसियन साह रहेका छन् ।

साहले किशोरीको घरमा कोही नभएको मौका छोपी मंगलबार जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानपश्चात आरोपित साहमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top