ताजा समाचार


बिहीबार ३०७५ नयाँ संक्रमित थपिए, २१२६ संक्रमणमुक्त, ३३ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र ३, बिहीबार, २०: १२ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ र ४ हजार ४ सय ९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २ सय २८ पुगेको छ भने मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ पुगेको छ । त्यस्तै, ६ लाख ९१ हजार २ सय २९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय रहेको छ । जसमध्ये ३७ हजार १ सय १४ जना होम आइसोलेसनमा र ३ हजार ३ सय ८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ७ सय ३९ जना आईसीयू र १ सय ६८ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top