ताजा समाचार


बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन

द रियल समाचार     २०७८ भाद्र ३, बिहीबार, २०: ०५ मा प्रकाशित




काठमाण्डौ । शेरबहादुर देउवा नेतृत्वको सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव नेपाल निकटका यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

गत असार २८ गते देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले ४ जना प्रदेश प्रमुख फेरिसकेको छ । लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र प्रदेश २ मा हरिशंकर मिश्र प्रदेश प्रमुखमा नियुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top