ताजा समाचार


काठमाण्डौमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले खोप पाउने

द रियल समाचार     २०७८ भाद्र ३, बिहीबार, १९: ५९ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।

स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए ।

शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उनले बताए । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top