ताजा समाचार


माधव नेपालको निवेदन मान्य नहुने

द रियल समाचार     २०७८ भाद्र ३, बिहीबार, १९: ५५ मा प्रकाशित




काठमाण्डौ । बुधबार नेकपा एमालेबाट छुट्एिर नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालको निवेदन मान्य नहुने भएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि अध्यादेश ल्याएपछि नेकपा एमाले (समाजवादी) को नाममा ९५ सदस्यीय केन्द्रीय कमिटी बनाएर नेता नेपाल निर्वाचन आयोग पुगेका थिए ।

मंगलबार नै सरकारले अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुर्याएको थियो । तर, बुधबार राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै निर्वाचन आयोग पुगेको नेपाल समूहले अध्यादेश राजपत्रमा सूचिकृत नभएको ख्याल गरेको थिएन ।

नेपाल समूहले निवेदन दिँदा रात्रपत्रमा अध्यादेश प्रकाशित नभएकाले यो समूहले यो पार्टीका लागि फेरि निवेदन दिनु पर्ने भएको निर्वाचन आयोग स्रोतले फरकधारलाई जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top