ताजा समाचार


यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

द रियल समाचार     २०७८ भाद्र ३, बिहीबार, १८: ४९ मा प्रकाशित




काठमाण्डौ । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधानसेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाका लागि आवश्यक विभिन्न सहायक संरचनाको निर्माणका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुख हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी सहसचिव डिल्लीराम शर्मालाई विशिष्ट श्रेणीमा बढुवा गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्ले सिँचाइ र ऊर्जा मन्त्रालयका केही वरिष्ठ इन्जिनियरहरुलाई द्वितीय श्रेणीबाट प्रथम श्रेणीमा बढुवा गरेको पनि उनले जानकारी दिए ।

बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै, भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top