ताजा समाचार


कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय

द रियल समाचार     २०७८ भाद्र ३, बिहीबार, १८: ४१ मा प्रकाशित




काठमाण्डौ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारमा बसेको बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

साथै भदौ ७ गते गाईजात्राका दिन नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ । यसअघि गाईजात्रामा काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top