ताजा समाचार


प्रदेश २ : यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु, ८ जना घाइते

द रियल समाचार     २०७८ भाद्र ३, बिहीबार, १७: ५७ मा प्रकाशित




बारा । प्रदेश २ को बारा जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

बिहीबार बिहान बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना भएको हो ।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको ना ६ ख ४६४१ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस चालक मकवानपुरको हेटौँडा कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडाकै इन्द्रबहादुर कार्की गम्भीर घाइते भएका छन् । घाइते भएका उनीसहित आठै जनाको हेटौंडामा उपचार भइरहेको डीएसपी मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top