ताजा समाचार


सर्लाहीमा मृत भेटिएकी किशोरीको हत्या गरिएको पुष्टि

द रियल समाचार     २०७८ भाद्र २, बुधबार, १८: १५ मा प्रकाशित




सर्लाही । सर्लाहीको लालबन्दीस्थित कालिञ्जोर खोला छेउमा मंगलबार राति गाडिएको अवस्थामा फेला परेकी किशोरीको हत्या भएको खुलेको छ ।

गत साउन ३१ गतेदेखि हराइरहेकी जिल्लाको लालबन्दी नगरपालिका–१७, रानीगञ्ज बस्ने १६ बर्षीया प्रियंका भुजेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्बर–१७ बस्ने १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ ।

दुबै जनाले मिलेर भुजेलको हत्या गरी शव गाडेको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनले भुजेलको हत्याको कारण खोज्ने प्रयास भइरहेको बताए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top