ताजा समाचार


सवारी दुर्घटनामा परि बुवाको मृत्यु, दुई छोरी घाइते

द रियल समाचार     २०७८ भाद्र २, बुधबार, १७: ४७ मा प्रकाशित




बारा । प्रदेश २ को बारामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा टोलका ३८ वर्षीय राजेश राम रहेका छन् ।

परवानीपुर गाउँपालिका–४ मा ना.४ च.३४३२ नम्बरको गाडीले ना.२१ प. १८३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका रामको नारायणी बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकै छोरी १९ वर्षीया ममता कुमारी र १३ वर्षीया मुस्कान कुमारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top