ताजा समाचार


बुधबार ३४०३ नयाँ संक्रमित थपिए, २१०४ संक्रमणमुक्त, ४२ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र २, बुधबार, १७: २९ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणबाट २ हजार ६ सय १३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ सय ९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जम्मा १६ हजार ८ सय ३८ जनाको परीक्षण गरिएको छ । जसमध्ये पिसिआर ११ हजार ८ सय ३९ र एन्टिजेन परीक्षण ४ हजार ९ सय ९९ जनाको गरिएको हो ।

त्यस्तै, २ हजार १ सय ४ जना संक्रमणमुक्त भएका छन् । यस अवधिमा संक्रमणबाट ४२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या १० हजार ३ सय ४६ पुगेको छ ।

अहिलेसम्म पिसिआर विधिबाट भएको परीक्षणमा ७ लाख ३९ हजार ९ सय ७ र एन्टिजेनबाट ७७ हजार ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top