ताजा समाचार


माल्दिभ्समा हुने साफ च्याम्पियनको खेल तालिका सार्वजनिक

द रियल समाचार     २०७८ भाद्र २, बुधबार, १६: ५५ मा प्रकाशित




एजेन्सी । माल्दिभ्समा हुने १३ औँ संस्करणको साफ च्याम्पियनको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार निकालेको तालिका अनुसार प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ ।

माल्दिभ्स, नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी रहेको प्रतियोगिताका सबै खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन हुनेछन् ।

तालिका अनुसार उद्घाटन खेलमा आयोजक माल्दिभ्स र नेपाल प्रतिस्पर्धा गर्नेछन् । यो खेल स्थानीय समय अनुसार अपरान्ह ४ बजे हुनेछ । सोही दिन हुने दोस्रो खेलमा श्रीलंका र बंगलादेश आमनेसामने हुनेछन् ।

नेपालले दोस्रो खेल अक्टोबर २ मा श्रींलका, तेस्रो खेल अक्टोबर ८ मा भारत र समूह चरणको चौथो तथा अन्तिम खेल अक्टोबर ११ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा समूह चरणका शीर्ष दुई टोलीले अक्टोबर १३ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top