ताजा समाचार


बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव

द रियल समाचार     २०७८ भाद्र २, बुधबार, १६: १७ मा प्रकाशित




हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेतामा प्रस्ताव गरिएको पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सांसद अरुण नेपालले जानकारी दिए ।

उनले मुख्यमन्त्री पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर आफैँले अष्टलक्ष्मीलाई प्रस्ताव गरेको ब्यहोरा दलको बैठकमा प्रस्तुत गरेको त्यो पनि पास भइसकेको बताए ।

उनका अनुसार शाक्यलाई आजै साँझ वा भोलि बिहानसम्म मुख्यमन्त्री बनाउनेगरी तयारी अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top